नवनियुक्त महानिरीक्षक क्षेत्रीद्वारा दर्ज्यानी चिन्ह ग्रहण


काठमाडौँ। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले गृह सचिव महेश्वर न्यौपानेद्वारा दर्ज्यानी चिन्ह ग्रहण गरेका छन्।

गृह मन्त्रालयमा बिहीबार एक कार्यक्रमको आयोजना गरेर सरकारले क्षेत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेको हो। सरकारले मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो।

गृहको कार्यक्रम सकिएपछि उनलाई प्रहरी प्रधान कार्यालयमा स्वागत गर्न समारोह राखिएको छ। बिहीबारबाटै थापाले महानिरीक्षकको कार्यभार सम्हालेका छन्।