सीमास्तम्भ नम्बर २०७ ढलेको अवस्थामा फेला


फइल तस्बिर

कञ्चनपुर। जिल्लाको बेलौरी नगरपालिका-२ बैजुडाँडास्थित नेपाल–भारत सीमास्तम्भ नम्बर २०७ ढलेको अवस्थामा फेला परेको छ।

इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दका अनुसार सीमास्तम्भ मङ्गलबार ढलेको अवस्थामा फेला परेको हो। बेलौरी नगरपालिका, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयमा सीमास्तम्भ ढलेको अवस्थमा फेला परेको जानकारी गराइएको उनले बताएका छन्।

सीमास्तम्भ मर्मतको कार्य हुँदै गर्दा कारोना भाइरसका कारण बन्दाबन्दी भएपछि रोकिएको थियो। सीमास्तम्भ मर्मतकार्यका लागि जोर भारतले विजोर नेपालले मर्मत गर्दै आएका थिए।