सडक बिस्तार विवादमा स्काईभेक्टर चालक र इन्चार्ज कुटिए



हुम्ला। कर्णाली करिडोर अन्तरर्गत सिमकोट–खार्पुनाथ सडक खण्डमा कामगरिरहेका स्काईभेक्टर चालक र साइट इन्चार्जमाथी बुधबार हातपात भएको छ।

उक्त सडक खनि रहेका धादिङ मजिङटार गाउँपालिका–१० का २१ वर्षीय स्काईभेक्टर चालक राजेश चेपाङ र सर्केगार्ड गाउँपालिका–२ रिपका २३ वर्षीय साईड इन्र्चाज बिमल महतारा माथी सिमिकोट निवासी बर्स २८ का मोहन रोकाया र २९ का धन्नन्जय रोकायसहित २४/२५ जनाको समुहले कुटपिट गरेका हुन्।

सडक चोर बाटोबाट डिपिआर भएको भन्दै स्थानीयले लामो समय देखि उत्तर–दक्षिण व्यापारीक मार्ग निर्माण कार्य अवरुद्ध बनाउदै आएका थिए। सडक खनि रहेको बेला २०देखि २५ जना स्थानीय आएर स्काईभेक्टर चालक र साईट इन्र्चाज माथी हातपात भएको सहायक ठेकेदार नर भण्डारीले बताए।

स्थानीयबाट कुटिएका स्काईभेक्टर चालक चेपाङ र साईट इन्चार्ज महतारालाई जिल्ला अस्पताल हुम्लामा भर्ना गरिएको छ। चालकलाई ढुङ्गाले कुटेका र महतारालाइ घरेलु हतियारले कुट्पिट गरेको प्रतक्षदर्सिले बताए। यसैबीच प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरिले यस विषयमा जानकार नभएको बताएका छन्।

कुट्पिटपछि महताराको मोबाइल लुटेर लगेको उनका आफन्तको आरोप छ। कुट्पिटमा महताराको मुख, टाउको, घाटिमा र चालकको पेट्मा चोट लागेको अस्पतालले कर्णाली सन्देशलाई जानकारी दिएको छ।

उत्तर दक्षिण व्यापारी मार्गको विषयमा विवाद चुलिएर गस्काईभेक्टर चालक र साईट इन्र्चाज माथी हातपात हुदा सम्म प्रहरी प्रशासन अनविज्ञ रहेको छ। पिडितका आफन्तले प्रसासनमा उजुरु गरिसकेको र भोलि दोशिलाइ नियन्त्रणमा लिने आस्वासन प्रसासनले दियको एक आफन्तले बताए।

यसैबीच उक्त बिवादलार्इ अदालतले अन्तरिम आदेश दिने कारण नरहेको भन्दै निर्माण कार्य नरोक्न यहि असार १८ गते आदेश दियको थियो। तर, पनि जग्गाको मुवाब्जा पाउनुपर्ने माग राख्दै इस्थानीयले निर्माण काॠ अबरोध गर्दै आयका थिए। त्यसै बिबाधमा बुधबार चालक र इन्चार्जमाथी सांघातिक आकर्मण भयको हो।