कर्णाली प्रदेश अस्पतालकाचार जना स्वास्थ्यकर्मीमा कोरोना


सुर्खेत। जिल्लाको कालागाउँ स्थित कर्णाली प्रदेश अस्पतालमा थप दुईजना चिकित्सक र दुईजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालका निर्देशक डा.डम्बर खड्काका अनुसार बुधबार दुईजना मेडिकल अफिसर, एकजना स्टार्फ नर्स र एकजना सिनियर अहेवमा कोरोना संक्रमण पुष्टि भएको हो।

आइसोलेसनमा ड्युटी गरेर क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिएको अस्पतालले जनाएको छ। य यसअघि पनि असार ११ गते दुईजना चिकित्सकसहित ९ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो। उनीहरु आइतबार मात्रै डिस्चार्ज भएका थिए।