राधिका र राजेन्द्रको स्वरमा ‘दिदीभाई’


काठमाडौँ। कोरोना कहरकाबीच तीजको लहर सुरु भएको छ।

कलाकारहरुले तीजका भाकाहरु बजारमा पठाउन थालेका छन्। यसै क्रममा राधिका हमाल र राजेन्द्र कडेँलको आवाजमा रहेको तीजगीत ‘दिदीभाई’ बजारमा आएको छ।  निर्मला सुवेदीको शब्द रहेको गीतमा राजेश बर्देवाको संगीत रहेको छ।

त्यस्तै गीतमा ओवी रायमाझी र शोभा त्रिपाठीको अभिनय रहेको छ। परदेशबाट स्वदेश आएको भाई क्वारेन्टाइनमा बस्नु परेको र तीजमा आफ्नो दिदिबहिनी अर्थात चेलिबेटी लिन जान नपाएको र उता माइतीको बाटो हेरेर बसेकी चेलीको कथा गीतका शब्दमा समावेश गर्न खोजिएको छ।

यसपाली माइत आउन नपाएनी भाइको क्वारेन्टाइन बसाइ लाई थप उर्जा र हौसल्ला दिने काम चेलिले गर्छिन भने भाइले पनि दिदीको मनलाई दुःखी नबनाउन अनुरोध गर्दछन्। गीतलाई बिक्रम चौहानको निर्देशन प्रकाश खड्काको छायांकन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ।