ज्ञानेन्द्रको जन्मोत्सवमा लाग्यो गणतन्त्र मुर्दावादको नारा


काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाहको जन्मोत्सवको अवसरमा राजावादीका विभिन्न संघ–संस्थाहरुले सरकारको चर्को विरोध प्रदर्शन गरेका छन्।

उनीहरुले गणतन्त्र मुर्दावाद, भ्रष्टाचारी सरकार राजीनामा दे, राजा आऊ देश बचाउ जस्ता नारा लगाउँदै प्रदर्शनमा उत्रिएका थिए।

डिल्ली बजारको भोजनगृहबाट सुरु गरिएको विरोध प्रदर्शनमा प्रदर्शकारीहरुले पूर्व राजा-रानीको तस्विर र जहाँ सिङ्गा नेपाल हुन्छ, त्यहाँ राजा-रानी हुन्छ भन्ने श्लोगन लेखिएका टि-सर्ट लगाएका थिए। विरोध र्याली पुतली सडक, रत्नपार्क, भद्रकाली, सुनधारा हुँदै शान्तिबाटिकामा आएर सभामा परिणत भएको थियो।

तस्बिर: मुकुन्द कालिकोटे