सरिता गिरी पार्टीबाट निष्काशित र सांसद पदबाट मुक्त


काठमाडौँ। लिम्पियाधुरा क्षेत्रसहितको नयाँ नक्साअनुसार निशान छाप परिवर्तित संविधान संशोधन विधेयकमा फरक मत राखेकी समाजवादी पार्टीकी नेता सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ।

पार्टीले निष्काशित गरेसँगै गिरीको सांसद पदसमेत गुमेको छ। पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतृत्वमा बनेको तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही गर्न सिफारिस गरेको थियो। पार्टीले संशोधन फिर्ता लिन र विधेयकको पक्षमा मतदान गर्न निर्देशन दिए पनि उनले अटेर गरेकी थिइन्।