ओली-प्रचण्डबीचको वार्ता विना सहमति टुङ्गियो


काठमाडौँ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच झण्डै ३ घण्टा छलफल भएको हो।

मंगलबार भएको तीन घण्टाको भेटवार्ता कुनै पनि सहमतिमा पुग्न भने सकेन। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको दुई अध्यक्षबीचको भेटवार्तालाई उत्सुकताकासाथ हेरिएको थियो।

प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा दिन लगाउने कुरा स्थायी कमिटी बैठकमा उठेपछि उत्पन्न विवाद समाधानका लागि बैठक रोकेर दुई अध्यक्षले छलफलमा केन्द्रित छन्। लगातारका भेटवार्ताहरु सहमतिका लागि सहमथि बाहेक अर्को नयाँ र ठोस निर्णयमा पुग्न सकेका छैनन्।

प्रचण्ड र माधवकुमार नेपाल पक्षले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पद छाड्नुपर्ने माग गरेको छ। तर, प्रधानमन्त्री ओलीले दुबै पद नछाड्ने अडान लिएका छन्। नेकपाको आन्तरिक विवादलाई लिएर चीनियाँ राजदुत होउ यान्छी पछिल्लो समय सक्रिय भइरहेकी छन्।