आफूलाई जर्बजस्ती महानायक भनिएकोमा दीपकको असन्तुष्टी


काठमाडौँ। नेपाली चलचित्र जगतका कलाकारहरु केही न केही बखेडा झिकेरै भए पनि चर्चामा आउने मुर्खता प्रदर्शन  गरिरहन्छन् भन्ने कुरामा धेरैको विमती रहँदैन। याे कुरा सबैलाई जानकारी नै छ।

केही दिनयता नेपाली चलचित्र क्षेत्रमा लागेर नाम कमाएका सेलिब्रेटीहरु एकपछि अर्को गर्दै विवादमा तानिन पुगेका छन्। यसै क्रममा ‘महानायक’ उपाधिको विषयले सामाजिक सञ्जालमा ब्यापक चर्चा पाएको छ।

कलाकार तथा निर्देशक दीपाश्री निरौलाले ‘राजेश हमाल महानायक हो र?’ भन्दै एक टेलिभिजन कार्यक्रममा प्रश्न गरेपछि उनको चर्को आलोचना भयो। उनले महानायक हमालको बारेमा बोलेका कुरामा माफी मागिसक्दा पनि दर्शकले उनको आलोचना गर्न छाडेका छैनन्।

दीपाको यो तर्क सार्वजनिक भएपछि कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘दीपकराज गिरीलाई महानायक भन्नुपर्ने’ भन्दै दीपाश्रीमाथि व्यङ्ग्य गरेका छन्।

‘‘महानायक’ को विवादमा आफू पनि तानिएपछि कलाकार तथा निर्माता दीपकराज गिरीले मुख खोलेका छन्। उनले लेखेका छन्–‘मेरो बाटो, मेरो लक्ष्य कहिले पनि महानायकको घरतिर मोडिएन। मेरो गल्तीविना नै मलाई जबरजस्ती महानायक बनाउनेहरूलाई धन्यवाद।’

दीपकले आफू कलाकार भएदेखि नै हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त जस्तो बन्न चाहेको पनि उल्लेख गरेका छन्। दीपक अगाडि लेख्छन्–‘जब असत्य चिच्याई चिच्याई बोलेर भिड जम्मा गरिरहेको हुन्छ, सत्यले चुपचाप आफ्नो बाटो हिड्नु राम्रो।’ दीपाश्रीले ‘महानायक’को विषयमा दिएको अभिव्यक्तिमा नायक राजेश हमालले जवाफ समेत फर्काइसकेका छन्।