चक्र बमको शब्द, संगीत र स्वरमा ‘गाजल’ बजारमा


काठमाडौँ। नेपाली संगीत क्षेत्रका एक जल्दाबल्दा मोडल तथा गायक,सर्जक हुन चक्र बम। यतीबेला बजारमा उनको देउडा गीत “गाजल”सार्वजनिक भएको छ।

फरक धारका गीत संगीतमा रुची राख्ने गायक तथा मोडल बम पछिल्लो समय युवा पुस्ताको मन-मनमा बस्न सफल एक होनाहार कलाकार हुन। बमका हरेक गीतले बजारमा राम्रो लोकप्रियता पाउने गरेका छन्।

सोमवारबाट बजारमा आएको नयाँ गीत ‘गाजल’ मा चक्र बमकै शब्द, संगीत, स्वर रहेको छ। गीतको म्युजिक भिडियो बमले आफ्नै यूटूब च्यानल मार्फत सार्वजनीक गरेका छन।

भिडीयोमा चक्र बम र टिकटक स्टार गीता ढुङ्गानाको रहेको छ भने भिडीयो निर्देशन चर्चित निर्देशक बिक्रम चौहानले गरेका हुन्। भिडियोमा प्रकाश खड्काको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहेको छ।

हेर्नुहोस गीतको म्युजिक भिडियो