बीबी अनुरागीको ‘करौँती’ बजारमा (भिडियोसहित)


काठमाडौँ। गायक, गीतकार, संगीतकार तथा एरेञ्जर बीबी अनुरागीको ‘करौँती’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। ओपल ईन्टरटेन्मेटको युट्युव च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो।

अनुरागी स्वयमको शब्द, संगीत, एरेञ्ज र स्वर रहेको गीतमा जीवनको उर्वर समय प्रदेशको भूमिमा खेर फाल्न विवश लाखौँ नेपालीहरुको यथार्थ भोगाईको कथालाई सो गीतमा चित्रण गरिएको छ।

प्रिज्म स्टुडियोमा रेकडिङ भएको गीतलाई स्यामस्वयत रसाइलीले मिक्सीङ गरेका छन्। भिडियोमा अनुरागी, सुनिता, शिक्षा र सर्जक फिचर्ड छन्। बिवेक विश्वकर्माको सम्पादन र छायांकन रहेको भिडियोको निर्देशन अनुरागीले गरेका हुन्।