दैलेखमा जनप्रतिनिधिसहित ९ जनामा कोरोना पुष्टि


सुर्खेत। जिल्लाको नारायण नगरपालिकाका २ जना जनप्रतिनिधि र ७ जना कर्मचारीहरुमा कोरोना भाइरस पुष्टि भएको छ।

जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा आइतबार उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा एक महिला जनप्रतिनिधि र एक वडा अध्यक्ष रहेको दैलेख अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार ७ जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ र उनीहरुको अवस्था सामान्य छ। संक्रमित कर्मचारीहरु होम आइसोलेसनमा छन्। दुई जना जनप्रतिनिधिहरु भने दैलेख अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन्।