नेपालमा थप २९३ कोरोना संक्रमित थपिए


काठमाडौँ। नेपालमा थप २९३ कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा २ सय ९३ थपिएसँगै कोरोना संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जगेश्वर गौतमले आइतबार नियमित प्रेस व्रिफिङमा नयाँ संक्रमितबारे जानकारी गराएका हुन्। नेपालका विभिन्न क्वारेन्टिनमा ३१ हजार ५७१ जना रहेका छन्।

विगत २४ घण्टामा १३२ संक्रमण मुक्त भएका छन्। योसँगै हालसम्म ६ हजार ५४७ जम्मा कोरोना निको भएर डिस्चार्ज भएका छन्। देशका २५ वटा प्रयोगशालामार्फत कोरोनो परीक्षण भइरहेको छ।