निर्णायक भनिएको नेकपाको वार्ता स्थगित


काठमाडौँ। नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डवबीच पार्टीभित्रको विवाद समाधान गर्न बसेको बैठक सोमबार बिहान बस्नेगरी सकिएको छ।

आइतबार दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच वार्ता भएको थियो।  वार्तामा सहभागी एक नेताका अनुसार सवै विषयमा छलफल भएपनि कुनै निर्णय हुने सकेन।

उठेका सबै विषयमा छलफल भयो। तर, कुनै ठोस निर्णय भए। भोलि बसेर थप छलफल गर्ने सहमति बनेको छ,’ ती सदस्यको भनाइ छ। सोमबार स्थायी समिति बैठक पनि बस्दैछ। ११ बजे बस्ने स्थायी समिति अघि ६ नेताहरुबीच पुनः बैठक बस्नेछ।

वार्तामा केपी ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए। प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दश शर्मासमेत सहभागी थिए।