‘लोकतन्त्रमा हारिरहेको देश’


 

शीर्षकः लोकतन्त्रमा हारिरहेको देश

आधुनिक महाभारतको
नयाँ अध्याय
फेरि सिर्जना भयो
लोकतन्त्रको चिरहरण
एकपटक फेरी हुँदैछ।

मौन छन् कृष्ण
र मनोमानी गरिरहेछ दूतसभा
देशको अस्मितासँग
खेल्दै पासा,
ठटाउँदै तिघ्रा।

आजऽ
दिग्भ्रमित छन् देशवासी
भ्रमले रूमल्याइएको
कुरुक्षेत्र भरी
सकुनिका जालहरू
तत्रतत्र छन् बिछ्याइएका
अन्योल समयमा
खोज्ने कहाँ गाण्डीवधारी।

देशको नाउँमा
देशलाई नै बन्दकी राखेर
देशको इज्जत ढाक्न
व्यस्त छन् चारैतिर
अर्जुनको भेषधारी।

अर्जुन नि:शस्त्र लाचार छ
गाण्डीव खोलिएको छ
र पटकपटक,
छलिएका छन् देशवासी
नक्कली पाण्डुपुत्रहरूसँग !

यो स्वार्थको महाभारत
गरिरहेछ मनोमानी,
लोकतन्त्रको नाम टाँसेर
गरिरहेछ
तानाशाहतन्त्रको
खेती।

उमारिरहेछ
लोकलाज र बेइज्जती
र, लोकतन्त्रमा हारिरहेछ देश।

(लेखक शाही नेपाली कांग्रेसका यवा नेता हुन्।)