वडा अध्यक्षको हसियाँ प्रहारबाट एक स्थानीय घाइते


कालीकोट। जिल्लाको पचालझरना गाउँपालिका वडा नम्बर ९ का वडाध्यक्ष जोरे तिरुवाले एक स्थानीयलाई हसिया प्रयोग गरि घाइते बनाएका छन्।

गाउँघरको आपसी विादमा वडाध्यक्ष तिरुवा र उनका छोरा पूर्ण तिरुवाले हसिया प्रयोग गरि स्थानीय नैने तिरुवालाई घाईते बनाएका हुन्। वडाध्यक्ष तिरुवाले शुक्रबार दिउँसो हसिया प्रयोग गरि घाईते बनाएको घाईते तिरुवाका भाई प्रेमसिंह तिरुवाले जानकारी दिएका छन्।

उनले भने, ‘बालबालिका खेलिरहेको बेला सामान्य विवाद भएको थियो, वडाध्यक्षसहित उनका छोरा र घरपरिवारले हसियाँ प्रयोग गरि घाईते बनाए छन्।’ यता वडाध्यक्ष तिरुवाले आफूहरुलाई प्रहार गरेको हसिया लागेको जिकिर गरेका छन्।

अध्यक्ष तिरुवाले भने, ‘मदिरा सेवन गरि आएका थिए। झगडा गर्न हसिया आफै (नैने तिरुवा) ले ल्याएर आएका थिए। उक्त हसिया फुत्केर टाउकोमा लागेको हो।’