बझाङमा १७ घर पहिरोले पुरिए



फाइल फोटो

कैलाली। बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा पहिरो जाँदा १७ घर पुरिएका छन्।

स्थानीयका अनुसार १७ घर पुरिएका हुन्। तर, स्थानीय प्रशासनले भने क्षतिको एकिन विवरण आउन नसकेको जानकारी दिएको छ।

प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले पहिरो गएको भन्ने प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्। उनले भने, ‘पहिरो गयो भन्ने खबर आएको छ। तर, क्षतिको विवरण आइसकेको छैन।’ भण्डारीका अनुसा अहिले नेपाली सेना र प्रहरीको टोलीलाई घटनास्थलमा पठाइएको छद्ध।