गरिबलाई छुन नसकेको स्वास्थ्य सेवा


समाजमा पुरुषले सजिलै आखाबाट आँसु झार्दैनन भन्ने मान्यता छ। पक्कै पनि देखाएर रुन अलि गाह्रो मानेका पनि होलान् वा म नै रोए भने परिस्थिति सम्हाल्न कठिन होला भनेर दबाएर नि होला। हाम्रो समाजमा पुरुष अलि कम आँसु खसाल्छ्न्। तर, रुन त रोइरहेकै हुन्छ्न्।

जति नै साहसी र निडर देखिन खोजे पनि मानवीय भावना कहिले टिलपिल मात्र गर्लान, कहिले छचल्किएर पोखिएलान्। पुरुषहरुको टिलपिल आँखा, महिलाहरुको रुवाई र स्तब्ध परिवेशले मलाई देशको स्वास्थ सेवा र जनताको अवस्थासँग जोडेर यथार्थ घटनाहरुको आधारमा केही लेख्न मन लाग्यो।

केहीदिन अघिमात्र गाउँमा करिब ४५ वर्ष हाराहारी कि भाउजुको अकस्मात निधन भयो। अशिक्षित र गरिब परिवार छ। मजदुरी गरेर जीबिका चलेको छ। पाल्पामा उपचार हुँदाहुँदै भरतपुर रिफर ग¥यो। भरतपुरले काठमाडौँ रिफर ग¥यो। लकडाउन खुलेपछि सँगै काठमाडौँ लैजाने सल्लाह भयो परिस्थिति पनि जटिल थियो र उहाँ घर आउनुभयो।

तर, अकस्मात निधन भयो। त्यो निधनले परिवार र हामीलाईसमेत ठूलो पीडा दियो। आँसुको ढिक्का नियन्त्रण गर्न मलाई नि गाह्रो भयो। मृत्यु त स्वभाविक कुरा हो। जीवनको अन्त्य अनिवार्य छ। मर्दैमा रुनुपर्ने नि होइन। तर, कतिपय जीवनको अन्तको पछाडि कारण, गरीबी मै संघर्ष गरिएको एउटा जीवन देशमा धेरै परिवर्तन आए पनि परिवर्तनको अनुभुति गर्नै नपाई अन्त भयो। राजनीतिक र सामाजिक भावना भएको मलाई धेरै पीडा भयो।

दुई तीन वर्ष अघि पनि आत्तिएर गाडी रिजर्भ गरेर बारम्बार स्थानीय अस्पतालहरुमा उपचार गरिएको मलाई पनि याद थियो। सामान्य ग्याष्ट्रिक होला भन्ने भयोे। मेडिकल र स्थानीय अस्पतालहरुले हल्का रुपमा लिने, धेरै औषधि दिएर पठाउने, आफ्नो ब्यापार गर्ने, डाक्टरहरु पनि सोध्न नजान्ने मान्छेसँग त्यति खुलेर नबोल्ने। सन्चो होला भनेर पर्खदा पर्खदै करिब आठ वर्षको निरन्तर खर्चपछि अन्तिम अवस्थामा पुगेर उहाँको निधन भयो।

समयमै राम्रो ठाउँमा पुगेर उपचार गर्न पाएको भए उहाँको रोग पहिलो अवस्थामै निको हुने थियो।सुरुमै राम्रो सल्लाह दिने,बिश्वास दिलाउने र राम्रो ठाउँमा जान सल्लाह दिने मात्र स्वास्थकर्मी भएको भए नि उहाँको जीवन बाच्न सक्थ्यो। परिवारले त दैबले लग्यो,अल्पायु लेखेको रैछ आदि आदि भनेर चित्त बुझाउन बाध्य भए होलान।

उनीहरुलाई लागेको छ कि धेरै डाक्टरले बचाउन सकेनन तर वास्तविक डाक्टरकोमा नपुग्दै धेरै खर्च भएको र त्यहाँ पुग्दा ढिलो भएको कुरा वास्तविक हो।यो कुराले मलाई धेरै पिरोल्यो। यो देशको स्वास्थ क्षेत्रको लथालिङ्ग पन,भद्रगोल, राजनीतिकरण, ब्यापार जस्ता कुराले बिरक्त बनायो।उहाँले खर्छ गरेभन्दा कम खर्चमै सुरुमै उपचार गर्न पाएको भए भन्ने पस्चाताप सगै मृत शरीर बोकेर अन्त्योष्टी गरियो।

अर्को घटना केही महिना पहिले उच्च रक्तचापको कारणले गाउकै एकजना अन्कल बेहोस हुनुभयो।समयमै अस्पताल पुर्याउन सफल भएकोले टाउकाको सघन अप्रेसन पछि उहाँको जीवन त बाकी छ। तर अपांग र बोल्न नसक्ने अवस्थामा हुनुहुन्छ। खासकुरा यो रोगलाग्नबाट हामीले उहाँलाई बचाउन सक्दैन थियौ होला। तर, उहाँको उपचारमा एउटा ग्रामीण परिवारले कल्पना गरेभन्दा नि बढी खर्च भएको छ।

विद्यार्र्थी जीवनका छोराहरु सानो उमेरमै ठूलो ऋणले बेचैन भएका छ्न। यहि कारणले अब उनीहरुको लक्ष्यमा पुर्णबिराम लाग्ने निश्चित जस्तै छ।एउटा युवा, किशोरको जिवनमा यो भन्दा कठिन र बिरक्तलाग्दो कुरा के होला? संविधानमा मौलिक अधिकारको रूपमा लेखेको स्वास्थ सेवाले दिने बेदनाले ती भाइहरुलाई कति पोलेको होला? के हो दलाल पूँजीवादी समाजले महसुस गर्न सक्छ? के हाम्रो राज्यसग गरिबको लागि सार्वजनिक स्वास्थमा पहुँचको कुरालाई ब्यबस्थापन गर्ने स्रोत नभएको हो र? अवस्थ छ। तर, खेर गइरहेको प्रष्ट देखेकालाई झन् पीडा हुँदो रहेछ।

अर्र्को प्रसङ्ग करिब छ महिना अगाडि एकजना गरिब परिवारको बुबा उपचारको लागि भएको स्रोत सबै खर्चेर विभिन्न मेडिकल र स्थानीय अस्पताल धाउनु भएछ। पैसा सकियो कतै कुन कतै कुन औसधि दिएर पठाए निको भएन। उहाँ लगभग मृत्युलाई स्विकार्ने अवस्थामा मनोबल गिराएर बस्नुभएको रहेछ।

परिवारले नि जिवनको अन्तिम दिनहरुमा गर्ने चलन भएका धार्मिक कर्म गरिसकेका। मलाई खबर भयो अवस्थाको बारेमा केही सहयोग संकलन गरेर काठमाडौ पुर्याइयो। गङालाल अस्पतालमा मुटुको उपचार पछि अहिले स्वस्थ हुनुहुन्छ। उहाँको उपचार पहिले गरेको खर्च भन्दा तीन गुणा सस्तो भयो। यदि समयमै उहाँको समस्या पत्ता लगाउने नभए राम्रोसँग सल्लाह दिएर ठुलो अस्पतालमा जान प्रेरित गरेको भए थोरै खर्चमा उहाँको उपचार हुन्थ्यो।

करिब दुई बर्ष अगाडि मेरै हजुरबुबा पिसाब बन्द भएर अकस्मात नजिकैको बजारमा हतार हतार आउनु भएछ। पिसाब पाइप लगाएर खुलाउने काम भएछ। औसधि दिएर सन्चो हुन्छ एक हप्ता पर्खनु भन्दै पिसाबमा पाइप नै लगाएर गाउँ फर्कनु भएछ ।धेरै पानी खाने सल्लाह दिएछ्न। मैले घटनाको दुई दिन पछि थाहा पाए र प्रोस्टेड सम्बन्धि नेटमा खोजेर हेरेपछि घर आएर हजुरबुबालाई लिएर काठमाडौ पुगे।

तर, थप उपचारको लागि अन्त पठाउनुको सट्टा पिसाब बन्द भएको मानिसलाई बिकट गाउँ तिर फिर्ता गर्ने डाक्टरको पर्चिमा एमबिबिएस देख्दा मलाई धेरै पीडा भयो।काठमाडौमा नि डाक्टरहरुले पानी धेरै खाएकोले मृगौलामा असर देखिन लागेको शरीरमा सोडियम सकिएको भनेर गाली गर्नुभयो। अप्रेसन गर्न नि त्यहीकारण ढिलो भयो तर अहिले सफल अप्रेसन पछि स्वस्थ हुनुहुन्छ। सामान्य शिक्षितमान्छेले भुझ्ने पुरुषहरुमा धेरै देखिने समस्यालाई लापरबाही गरेर डाक्टर ले नै घर पठाउनु कति अनौठो र गैरजिम्मेवार छ? गाउँतिरको स्वास्थ अवस्था बुझ्न यो उदाहरण नै काफी छ।

केही समय पहिले २६ बर्षिय चेली उनी ४ बर्षे बालककी आमा नि हुन। उनको दुबै मृगौला फेल भएर काठमाडौको टिचिङ अस्पतालमा उपचाररत थिइन। डाइग्लोसिसको लागि वीर अस्पतालमा रिफर ग¥र्याे।तर समयमा जाँदा त्यहाँ डाइग्लोसिस गर्न मानेनन। केही समयपछी एकजना मन्त्रीको सचिवालयलाई आग्रह गरेर फोन हान्दिएपछी भर्खरै हुन्छ भनेर उपचार गरिदिए।यो घटना कति दुस्खद छ? यसको पछाडिको रहस्य खोज्दा सरकारी स्वास्थ क्षेत्रको ब्यबस्थापन को बिचित्र तस्बिर आउँछ।

दुई बर्ष पहिले हाम्रै निर्वाचन क्षेत्रको माननीय पद्मा अर्याल स्वास्थ्य राज्यमन्त्री हुनुहुन्थ्यो।उहाँ महिला स्वास्थ समस्यालाई लिएर चिन्तित हुनुहुन्थ्यो। हाम्रै वार्डमा पनि एउटा शिबिर ल्याउने प्रस्ताव बाट खुशी भएर स्वास्थकर्मिको टोलि पठाउनुभयो। स्वास्थ परिक्षण पुर्व र सकिएपछि मैले गहन रुपमा स्वास्थ्य कर्मी सग अन्तरक्रिया गरे।

आङ खस्ने,महिनावारी गडबडी, पोषण, गर्भाबस्थाका समस्या धेरै समस्या बोकेर महिलाहरु जीवन जिउन बाध्य हुनुहुन्छ।यो त स्थानीय विध्यालय,स्वास्थ चौकी राजनीतिक दल, बिध्यार्थी, क्लब, आमा समुह मार्फत नै रोकथाम शिक्षा प्रवाह गर्न सकिने छन। तर, स्थानीय स्वास्थ चौकिमा कर्मचारी,सन्चार,पुर्वाधारमा लगानी छ औसधि छैन, गैरजिम्मेवार सम्यन्त्र छ।लगानी खेर गैरहेको छ। काममा भावना मिसाएर मेहनत गर्ने जनशक्ति छैन।

म आफैले भोगेका यी प्रतिनिधि घटनाहरु भित्र नेपाली ग्रामीण समाजका स्वास्थ सम्बन्धी पिडाहरु लुकेका छ्न।राज्यले स्वास्थ क्षेत्रलाई सरकारिकरण गरेर भूगोल अनुसार पुर्वाधार निर्माण गर्नुपर्छ। यदि आर्थिक अवस्थाले नसकिने नै अवस्था भए नि प्रभाबकारी प्रणाली हुने हो भने र जनउत्तरदायी सेवा हुने हो भने अहिले भएको खर्चबाट नै पनि धेरै राम्रो गर्न सकिन्छ। प्रचलित धेरै रोगहरु, सामुदायिक स्वास्थ जस्ता कुराहरुमा बिद्यार्र्थी लक्षित कार्यक्रम ल्याएर समुदायमा प्रवाह गर्ने भने नि धेरै राम्रो गर्न सकिन्छ। सरकारी निकायहरु बिध्यालय,स्वास्थ सस्था,स्थानीय सरकारहरु बिच नि समन्वयको सट्टा एकातिर फर्केजस्ता मात्र देखिन्छ्न्।

दिर्घरोगिहरुको तथ्यांक संकलन गरेर स्थानीय सरकारहरुले उचित सल्लाह र उपचारमा समन्वय गर्ने हो भने नि धेरै राम्रो हुने थियो।गरिबहरुलाई लछित स्वास्थ बिमा कार्यक्रम अलि अलि आशा लाग्दो भए नि सरकारि प्रयास प्रभावकारी नहुँदा त्यति सफल छैन।स्वास्थ सस्थामा प्रक्रिया झन्झट छ।पहिलो कुरा त पुर्वाधार नै छैन। रोजगारी नभएको मुलुकमा पैसा नभएका गरिबहरुले आफ्नो आसुमात्र बगाएका छैनन, ऋण गरेर पैसा पनि बगाएका छ्न। आफ्ना आफन्त गुमाएका छ्न्।

निजि स्वास्थ माफिया, सरकारी कर्मचारी, नेता, उच्छ पदस्थहरुले अकुत कमाएको नदेखेका धेरै गरिबहरुले त कर्मले, भाग्यले, दैबले मलाई यस्तै पार्यो भनेर आँसु बगाएर फेरि बाद्य भएर चित्त बुझाएका होलान्। तर, तिनीहरुको सान, राज्यको खर्चको दुरुपयोग र यी गरिबहरुको पीडा सगै देखेको मलाई भने बेचैनी बढिरहेको छ। ती टिलपिल आसुका थोपाहरुलाई कसरी क्रान्ती र परिवर्तनले मुस्कानमा बदल्न सकिएला?