सितलनिवास नेकपाको सम्पर्क कार्यालय हो ?


सुर्खेत। नेपाल तरुणदल सुर्खेतका अध्यक्ष हरि बिष्टले राष्ट्रपति निवासलाई निश्पक्ष नभएको आरोप लगाएका छन्।

अध्यक्ष बिष्टले नेकपाको आन्तरिक कहलप्रति लक्षित गर्दै सितलनिवास तटस्थ बस्न नसकेको आरोप लगाएका हुन्। उनले सितलनिवासलाई टालाटुली बुटलुी खेल्ने ठाउँ हो कि ? नेकपाको सम्पर्क कार्यालय हो भन्दै प्रश्न गरेका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेशबुक मार्फत अध्यक्ष बिष्टले पछिल्ला गतिविधिहरुलाई हेर्दा सितल निवास नेकपाको सम्पर्क कार्यालय वा कुनै खेलखेल्ने घर हो ? बुझ्नै गाह्रो भएको टिप्पणी गरेका छन्।

सम्बन्धित समाचार

सितलनिवास र बालुवाटारबीचको सम्बन्धमाथि शंका

उनले लेखेका छन्,‘राष्ट्रपती भवन पनि टालाटुली बाटुली खेल्ने ठाउँ हो कि ? नेकपाको सम्पर्क कार्यालय हो ? बुझ्नै गाह्रो हुन थाल्यो।’

बिहिबार नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए। उक्त भेटले राजनीतिक परिस्थिति झन् तातेको छ।

नेकपाको आन्तरिक कहल पार्टी विभाजन तर्फ उन्मुख रहेको बेला राष्ट्रपतिसँगको भएको बाग्लो भेटघाटलाई पक्षधरतासँग पनि जोडिन थालिएको छ।