राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता, स्थायी कमिटी बैठक स्थगित


काठमाडौँ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्तापछि सुरु भएको स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ।

नेकपा स्थायी कमिटी एक सदस्यका पार्टी अध्यक्ष प्रचण्डले राष्ट्रपति भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरु भएको थियो। तर, लगत्तै शनिबार बिहान बस्ने गरी बैठक स्थगित भएको एक नेताले जानकारी दिएका छन्।