संसद अन्त्यबारे सभामुख र प्रतिपक्षि दल बेखबर


काठमाडौँ। सरकारको सिफारिसमा बिहिबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बजेट अधिवेशन अन्त्य गरेकी छन्।

उनले मन्त्रिपरिषद्को सिफारिस अनुसार बिहीबार अपराह्न ५ बजे बजेदेखि अधिवेशन अन्त्य गरेको सूचना संघीय संसदलाई जानकारी दिएकी हुन्। यसअघि बिहीबार नै बसेको मन्त्रिपरिषद् बैठकले संघीय संसदको अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो।

एक स्रोतका अनुसार बैठकमा प्रधानमन्त्रीले कानुनमन्त्री डा.शिवमाया तुम्बाहाङ्फेलाई सं‌सदको कुनै बिजनेस छ ? भनेर सोधेका थिए। मन्त्री तुम्बाहाम्फेले नागरिकता, निजामती सेवासम्बन्धी विधेयकमा विवाद रहेको र अरू खासै केही नभएको बताएपछि प्रधानमन्त्रीले त्यसो भए आजै साँझ ५ बजेटबाट संसद अधिवेशन अन्त्य गर्ने निर्णय सुनाएका थिए।

मन्त्रिपरिषद् बैठक अगाडि प्रधानमन्त्री ओलीले राष्ट्रपति भण्डारीसँग भेटवार्तासमेत गरेका थिए। वैशाख २६ गतेबाट सुरु भएको संसदको यो अधिवेशनले नागरिकता र निजामतीसम्बन्धी विधेयकका साथै एमसीसी सम्झौताबारेसमेत निर्णय गर्न बाँकी थियो।

सभामुख र कांग्रेस संसद अन्त्य सम्बन्ति बेखबर

सरकारले प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र प्रतिपक्षि दलसँग कुनै पनि छलफल नगरी स‌ंसदको चालु अधिवेशन अन्त्य गरेको छ। प्रमुख प्रतिपक्षी कां‌ग्रेसले परामर्श नै नगरी अधिवेशन अन्त्य गरेकामा असन्तुष्टि जनाएको छ।

मन्त्रिपरिषद‍्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ ५ बजेदेखि लागू हुने गरी संसद अधिवेशन अन्त्य गरेको जानकारी स‌ंसद सचिवालयलाई गराएकी छन्।