प्रधानमन्त्री केपी ओली शीतल निवास पुगे



 

काठमाडौँ। मध्याह्न १२ बजे मन्त्रिपरिषदको बैठक बोलाएका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास पुगेका छन्।

स्रोतका अनुसार साढे ११ बजेतिर प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन्। प्रधानमन्त्री फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ।