मुटुको परीक्षणपछि ओली सरकारी निवास बालुवाटार फर्किए


काठमाडौँ। मुटुसम्बन्धी परीक्षणपछि प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार फर्किएको छन्।

बुधबार अपरान्ह प्रधानमन्त्री ओली मुटुसम्बन्धी परीक्षणका लागि राजधानीको बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग अस्पताल पुगेका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मुटुसम्बन्धी अत्यावश्यक परीक्षणपछि प्रधानमन्त्री निवास बालसवाटार फर्किएका छन्।