‘सरकार सत्ता जोगाउने र आफ्ना जोगाउनेमा व्यस्त बन्यो’


काठमाडौँ। सत्तारुढ (नेकपा) को आन्तरिक कलह सडकमा पोखिएपछि नेपाली कांग्रेसका युवा नेता गगन थापाले बालुवाटारमा तमासा भइरहेको टिप्पणी गरेका छन्।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा अधिकांश नेकपा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाभित्रको विवाद छताछुल्ल बनेको हो।

नेकपाको उक्त विवादलाई इंगित गर्दै नेता थापाले सरकार चलाउनेहरु जोगिन र आफ्ना जोगाउन व्यस्त रहेको आरोप लगाएका छन्। उनले लेखको छन्, ‘तर, अहिले न त सलह किराले आफ्नो आफ्नो काम रोकेको छ न त कोरोना भाइरसले, बरु यिनको त गति र प्रभाव बढ्दो छ।’

उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन्, ‘त्यसैले नेकपा सचिवालयलाई विनम्र अनुरोध छ, अति भयो यो तमासा अब हामीलाई कुरा सुन्ने र काम गर्ने सरकार दिनुहोस्।’