नेकपाभित्र मौलाएको अहंकारी राजनीति बन्द गरौं: नेता सिंह


काठमाडौँ। अनेरास्ववियूकी केन्द्रीय नेता पञ्चा सिंहले पार्टीको विधि, विधान र पद्धतिलाई दृढतापूर्वक कार्यान्वयन गर्नमा केन्द्रित हुन नेकपा नेतृत्वलाई आग्रह गरेकी छन्।

बुधबार सामाजिक सञ्जाल फेशबुक मार्फत नेता सिंहले नेतृत्वलाई वस्तुवादी र वैज्ञानिक बाटोलाई विषयान्तर कसैले नगर्न आग्रह गर्दै उक्त आग्रह गरेकी हुन्। अरुको काँध चढेर उचाइ बनाएकाहरुले नै सहकर्मीहरुको अपमान हुने गरी फण्डावाल धम्कि, घुर्की जन्यकामहरु भएका भन्दै नेता सिंहले नेकपा नेतृत्वलाई कटाक्ष गरेकी छन्।

यो पनि पढ्नुहोस्

प्रधानमन्त्री र मन्त्रीहरुबीच छलफल

‘भारतले होइन मैले भनेको हो, अध्यक्ष र प्रधानमन्त्री दुबै छाड्नुस्

उनले लेखेकी छन्, ‘अरुको काँध चढेर अग्लो बनेकाहरुले जमिन त बिर्से बिर्से अग्लो बनाउन थापिएको काँधहरुको समेत मानमर्दन हुने गरि गरिएका आफ्ना गतिविधिहरुमा ल्याप्चे लगाउन भन्ने मनसायले गरिएका घुर्कि धम्की र फन्डै फण्डाको पछिल्लो अर्को प्रकरण अनौठो होइन।’

नेकपाभित्र घमण्ड र अहंकरको राजनीतिक मौलाएको तर्फ इंकित गर्दै नेता सिंहले त्यस्ता कार्यहरु तत्काल बन्द गर्न सुझाव दिएकी छन्। उनले अगाडि लेखेकी छन्, ‘नेकपाको संगठनात्मक विधि पद्दतिलाई दृढतापुर्वक कार्यान्वयन गर्नु नै देश,जनता र नेकपा जीवन्त तुल्याउने आजको वस्तुवादी र वैज्ञानिक बाटोलाई विषयान्तर कसैले पनि नगरौं। ब्यक्तिगत स्वार्थ र अंहङकारको राजनीति बन्द गरौं।’