विकृतिलाई टेवा पुग्ने भन्दै रामजी खाँडले हटाए गीत



काठमाडौँ। गीतको म्युजिक भिडियो उत्ताउलो बनेको भन्दै गायक रामजी खाँडले आफ्नो तीजगीत यूट्युबबाट हटाएका छन्।

यो वर्षको तीज कोसेली रूपमा ल्याएका ‘सबै राजा, सबै दादा’ बोलको गीत युट्युबबाट हटाएका हुन्। गीतको भिडिओ बढी उत्ताउलो भएको भन्दै आफैंले सेन्सरसीप गरेर हटाएको खाँडले बताए। अहिलेको गीत संगीत बजारमा विकृति बढेको भन्दै आफ्नो उक्त गीतले पनि विकृतिलाई टेवा पुग्ने देखेर हटाएको उनको भनाइ छ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका द्धितिय उपाध्यक्षसमेत रहेका गायक खाँडले ‘सेल्फ सेन्सरसीप’ का आधारमा गीत हटाएको दाबी गरेका छन्। यसै गीतका सन्दर्भमा प्रतिष्ठानका नि: वर्तमान अध्यक्ष बद्री पंगेनीले धन्यवाद दिएका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धन्यवाद रामजि खाँड जि। तपाईंले आफ्नो नैतिकता र जिम्मेवारी प्रमाणित गर्नुभएकोमा। हजुर, हामी र मबाट धेरै कमजोरी भएका छन्, नेपाली लोक संगितमा। आज तपाईंले अभिभावकत्व बहन गर्दै (एउटा तीजको गीत जुन सान्दर्भिक थिएन) आफ्नो युट्युब च्यानलबाट हटाउनु भएको छ। हामी सबै सच्चिने बेला आएकोछ। सबैले तपाईंको बाटो पछ्याउन् र म मेरो तर्फबाट भएका गल्तीप्रती पनि सधै क्षमाप्रार्थी रहनेछु।’

यो पनि पढ्नुहोस्

देश बिगार्ने नेता, संस्कृति बिगार्ने कलाकार!

यो पनि हेर्नुहोस्