दुई सय ५० जना प्रहरीमा कोरोना पुष्टि



काठमाडौँ। बिहीबार साँझ र शुक्रबार बिहानसम्म प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमामा कोरोना पुष्टि भएको छ।

प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनासहित देशभर दुई सय ५० जना संक्रमित बनेका छन्।

प्रधान कार्यालयको सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको एसएसपी कडायतले जानकारी दिएका छन्।