काठमाडौँ। पर्साको वीरगञ्न महानगरपलिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले फेसबुकमार्फत् आफूलाई संक्रमण पुष्टि भएको जानकारी दिएका छन्।
मेयर सरावगीले फेसबुकमा लेखेका छन्, ‘तपाईंहरूको सेवामा अनवरत रूपमा लाग्दा लाग्दै म स्वयं कोरोना संक्रमणको चपेटामा परेको छु। म अहिले उपचारार्थ छु। मेरो स्वास्थ्य अवस्था सामान्य छ। मैले छिट्टै नै कोरोनालाई जित्नेछु।’ सरावगीले आफ्नो फेसबुकमा वीरगन्जमा समुदाय स्तरमा कोरोना फैलिएको समेत बताएका छन्।
उनले वीरगन्जमा संक्रमण नियन्त्रण गर्न अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारी, नागरिक समाज, स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन्। उनले वीरगन्जमा संक्रमण रोक्न स्थानीय स्तरबाट मात्र सम्भव नरहेको भन्दै प्रदेश सरेकारले ठोस कदम लिनुपर्ने बताएका छन्।