सर्खेत। केन्द्रमा राष्ट्रिय खेलकुद परिषदको सदस्यसचिव नियुक्ति भएसँगै कर्णालीमा पनि कर्णाली खेलकुद परिषद्को सदस्यसचिव को हुने भनेर चर्चा चल्न थालेको छ।
उक्त पदको लागि तीन जनाको नाम अगाडि आएको छ । जस मध्य नेपाल कम्युनिस्ट पार्टी सुर्खेत जिल्ला कमिटी सदस्य एवं जिल्ला खेलकुद बिकाश समिती सुर्खेतका पुर्व कोषाध्यक्ष घनश्याम पाण्डे अरुभन्दा अब्बल छन् भन्ने धेरैको धारणा आएको छ।
उनको खेलकुद क्षेत्रमा गरेको योगदान, पुर्व बिद्यार्थी नेता एवं बिरेन्द्रनगर बहुमुखी क्याम्पस सुर्खेतको स्वबियु सभापति हुँदै जिल्ला स्तरिय आयोगहरुमा नेत्रुत्व गरेको अनुभव छ।साथै कर्णाली जस्तो पिछडिएको क्षेत्रमा खेलकुद विकासको नीति निर्माण गर्ने, खेलको भौतिक पुर्वाधार बिकाशमा योजना निर्माण गर्ने देखि प्रशासनिक कौशलता समेत छ।उनलाई यश क्षेत्रमा निष्ठामा बाँचेको योग्य अनि लोकपृय युवा नेताको रुपमा हेरिन्छ।
ब्यबसायिक खेलकुद वा भौतिक पुर्वाधारबाट सबै भन्दा पछाडी परेको कर्णाली प्रदेशमा खेलकुदको विकास देखि दिगो योजनाको तर्जुमा अनि व्यवस्थापकीय क्षमता अरुभन्दा पाण्डेमा बढी पाइन्छ । तसर्थ कणाली खेलकुद बिकाश परिषदको सदस्यसचिवको लागि उपयुक्त व्यक्ति उनी हुन् भन्ने धेरैको बुझाइ छ र सामाजिक सञ्जालमा पनि त्यहीँ किसिमको प्रतिक्रियाहरु आएको देखिन्छ।
त्यस्तै नेकपा कै जिल्ला कमिटी सदस्य एवं जिल्ला खेलकुद बिकास समिती सुर्खेतका पुर्व अध्यक्ष ऋषि गिरी र स्थानीय खेलाडी रबिन्द्र चन्दको पनि पाण्डे सँगै चर्चा चलिरहेकोछ।तथापि गिरी जिल्ला खेलकुदको अध्यक्ष भए पनि आशातित काम नगरेको।सुर्खेतमा खेलकुदलाई ब्यबस्थित गर्न नसकेको धेरैको गुनासो छ।
सामाजिक विकास मन्त्रालयले मन्त्रालयका तत्कालीन निमित्त सचिव विष्णुप्रसाद अधिकारीको संयोजकत्वमा विश्वप्रशिद्ध धावक हरिबहादुर रोकाया र भलिबल खेलाडी एवं सुर्खेत जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष चन्द्रकुमार गिरी सदस्य रहेको तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । समितिले कर्णाली प्रदेशका दश वटै जिल्लाबाट संकलित नाममध्ये तीन जनाको नाम मन्त्रालयमा सिफारिस गर्नेछ । मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदले एक जनालाई सदस्य सचिवमा नियुक्त गर्ने ऐनमा व्यवस्था छ ।
‘कर्णाली प्रदेश खेलकुद विकास ऐन’मा परिषदको कार्यकारी प्रमुखको रुपमा एकजना सदस्य सचिव रहने प्रावधान छ । उक्त पदको लागि स्नातक तह उत्तीर्ण भई खेलकुदको क्षेत्रमा अनुभवप्राप्त भएको हुनुपर्ने योग्यता तोकिएको छ । समग्र कर्णाली खेल क्षेत्रको विकास गर्न खेलकूदको अनुभव र सामान्य ब्यवस्थापनको अनुभवले मात्र सम्भब छैन ।
यहाँ कुरा आँउछ खेलकुद क्षेत्रमा पछाडी परेको कर्णालीको समग्र खेलकुदलाई ५र६ वर्ष पछि नै राष्ट्रिय स्तरमा पहिचान गर्ने र ब्यबसायिक खेलाडी उत्पादन गर्ने उद्देश्य , सोच र त्यही अनुसारको जिवनब्यबहार बनाएर यहाँको खेलको चामात्कारिक परिवर्तनको नेत्रुत्व र कार्यान्वयन गर्न सक्ने खेलकुद ब्यवस्थापनको लिडरमा चाहिएको छ जो पाण्डेसँग भएको खेलकुद क्षेत्रका अगुवा बताउँछन् । यो संगै कर्णालीका दश जिल्लाको खेलकुदको समन्वय, विस्तार, संजालिकरण, ब्यवस्थापन, उत्प्रेरणा, विधिको कार्यान्वय, जनशक्ति परिचालन साथै योजना निर्माण र विधिको कार्यान्वयन सबै पक्षमा दक्खल राख्न्ने पात्र हुन् घनश्याम पाण्डे ।