कालिकोट। जिल्लाको सान्नित्रिवेणी गाउँपालिका वडा नम्बर ६ मा पहिरोमा परेर दुई जनाको ज्यान गएको छ।
बुधबार गाउँपालिकाको वडा नम्बर ६ निवासी ६१ वर्षीय पर्शुराम संज्याल र उनी बुहारी २८ वर्षीया तारा संज्यालको (पोरिबन लाटेखोला) पहिरोमा परि मृत्यु भएको हो।
उक्त घटनासहित कालिकोटमा पहिरोमा परी ज्यान गुमाउनेको संख्या १४ जना पुगेको छ। त्यस्तै ८ जना वेपत्ता भएका छन् भने १० जना घाइते भएका छन्।
करिब एक हजार नागरिक घरबारबिहिन बनेका छन्। मंगलबार जिल्लाको नरहरीनाथ गापामा ९ जनाको पहिरोमा परेर ज्यान गएको थिए।