बाँकेमा पुन: लकडाउन, अटेर गर्नेलाई कारबाही



नेपालगञ्ज। बाँके प्रशासनले आगामी आईतबारदेखि पुन: लकडाउन गर्ने भएको छ।

कोरोना संक्रमणको जोखिम अत्याधिक बढेसँगै बाँके प्रशासनले दोस्रो पटक लकडाउन गर्न थालेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए।

लकडाउन खोलेसँगै नेपालगञ्जमा कोरोना संक्रमित ह्वात्तै बढ्न थालेपछि आईतबारदेखि लकडाउन गर्ने प्रजिअ कुरुम्वाङले जानकारी दिए। आगामी आईतबारदेखि कडा लकडाउन हुन्छ, अटेरी गर्नेलाई तत्काल पक्राउ गरिन्छ’ प्रजिअ कुरुम्वाङले भने, ‘बाँकेमा कोरोनाको फेरी भयावह रुप लिने देखिएपछि लकडाउन गर्नै पर्ने भयो। पहिलोपटक चार दिनलाई लकडाउन गरिने र अवस्था हेरेर हेरफर गरिनेछ।’

राजश्व कार्यालय नेपालगञ्जमा बिहीबारसम्म ११ जना, यातायात कार्यालयमा १ जना, मिठाई पसल र उनको क्लोज कन्ट्रयाक्टमा आएका गरि १६ जना ब्यक्तिमा कोरोना देखिएपछि प्रशासनले लकडाउनको कदम चाल्न बाध्य भएको हो।