काठमाडौँ। मनसुनी वायुको प्रभावका कारण देशभर सामान्य बदली भई केही स्थानमा हल्का वर्षा भइरहेको छ।
साथै, नेपालको पुर्वि तराई भूभाग नजिक मनसुनी न्युन चापीय रेखा अवस्थित छ। बिहीबार मौसम पूर्वानुमान महाशाखा, मौसम विज्ञान विभागले जारी गरेको पूर्वानुमानमा अनुसार अहिले देशभर नै सामान्य बदली भइरहेको छ।
यसैगरी, आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको पूर्वानुमानमा उल्लेख छ।
यस्तै, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेशको एक÷दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमानमा उल्लेख छ।
यस्तै, राति देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेश,गण्डकी प्रदेश र प्रदेश १ का एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना पूर्वानुमान महाशाखाले जनाएको छ।