प्रहरी समायोजनको मोडालिटी स्वीकृत



काठमाडौँ। गृह मन्त्रालयले तयार पारेको प्रहरी समायोजन सम्बन्धि प्रस्ताव बुधबार स्वीकृत भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र सातै प्रदेशका गृहमन्त्रीहरुको संयुक्त बैठकले समायोजन प्रस्ताव पारित गरेको हो।प्रधानमन्त्रीको सहभागितामा गृहमन्त्रीहरुको बैठकले महानगरीय प्रहरी कार्यालय केन्द्रीय प्रहरीकै मातहतमा रहने निर्णय गरेको छ।

प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी नै रहने निर्णय भएको गृहमन्त्री ‘बादल’का सल्लाहकार सुर्य सुवेदीले जानकारी दिए। महानगरीय प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयका नाम भने परिवर्तन हुने भएको छ।

बैठकले महागरीय प्रहरी कार्यालय प्रहरी प्रधान कार्यालयकै मातहत राख्ने निर्णय गरेको छ। महानगरीय प्रहरी कार्यालयलाई काठमाडौँ, भक्तपुर र ललितलपुरको शान्तिसुरक्षाको जिम्मा दिइएको छ।