कर्णालीमा १९१५ मध्ये १६८२ जनाले जिते कोरोना



सुर्खेत। कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) कुल १९१५ संक्रमित मध्ये १६८२ जना आइसोलेसनबाट डिस्चार्ज भएर घर फर्किका छन्।

बुधबार प्रदेश अस्पताल सुर्खेतबाट पाँचजना र दुल्लु अस्पताल दैलेखबाट आठजना गरी १३ जना डिस्चार्ज भएको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

त्यस्तै, वितेको २४ घण्टामा सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणबाट एकजनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका एक संक्रमित अदानचुाली गाउँपालिका ३ हुम्लाका २४ वर्षीय पुरुष रहेका छन्। बुधबार थपिएका एकजनासहित कर्णालीमा कोरोना संक्रमितको संख्या १९१५ पुगेको छ। अब कर्णालीको आइसोलेसनमा २२७ जना रहेका छन् भने ६ जनाको मृत्यु भइसकेको छ।