शव व्यवस्थापनमा खटिएका १० जना सेनामा कोरोना देखियो



file photo

काठमाडौँ। महोत्तरीमा कोरोना संक्रमितको शव व्यवस्थापनमा खटिउका १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित १० जना नै महोत्तरीको रणभीम गण प्रकौली ब्यारेकमा कार्यरत हुन्। उनीहरु कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिँदै आएका थिए।

संक्रमण पुष्टि भएका सबैलाई उपचारको लागि नेपाली सेनाकै बर्दिबासस्थित किशान गंजको आइशोलेसनमा पठाइएको छ। संक्रमित सबै केही दिनदेखि नै आइसोलेशनमा बस्दै आएका हुन्।