हिमा गाउँपालिकामा नेकपाको किल्ला भत्काउछौं: नेता शाही



जुम्ला। नेपाली कांग्रेसका युवा नेता लक्ष्मण शाहीले आगामी निर्वाचनमा जुम्लाको हिमा गाउँपालिकामा नेकपाको किल्ला भत्काउने दाबी गरेका छन्।

नेपाली काङग्रेस जुम्लाले हिमा गाउँपालिकामा मंगलबार आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता शाहले यस्तो दाबी गरेका हुन्। नेता शाहीले भने, ‘जनताले नेकपालाई राम्रोसँग चिन्ने अवसर पाएको र नेकपाबाट विचलित बनेका नेताहरु कांग्रेसमा प्रवेश गरेको कारण पनि आगामी निर्वाचनमा हामीले बलियो प्रदर्शन गर्नेछौं।’

नेकपा जुम्लाका युवा नेता उपराज अधिकारीले कांग्रेसमा प्रवेश गरेका छन्। त्यस्तै अधिकारीसहित विभिन्न पार्टी परित्याग गरी कांग्रेसमा प्रवेश गरेका एक सय २९ जनालाई स्वागत गर्दै नेता शाहीले नेकपाको सरकारले जनताको हितमा काम गर्न नसकेको बताए।

उपराज अधिकारी २०७४ को स्थानिय निर्बाचनमा एमाले बाटँ हिमा गाउँपालिका वडान ६ वडा अध्यक्षमा ८ मतले पराजित उमेदवार हुन। अधिकारीसहित एक सय २९ जना कांग्रेसमा प्रवेशले काङ्ग्रेस जुम्लाले खुशी व्यक्त गरेको छ।