काठमाडौँ। नेपाली नारीहरुको महान पर्व हरितालिका तीज नजिकिएसंगै तीजका गीतहरु बजारमा आउनेक्रम दिनदिनै बढिरहेको छन्।
तर, यो वर्ष तीजलाई विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले प्रभाव भने पारेको छ। विश्व महामारीका रुपमा फैलिएको कोरोनाले नेपालमा पनि निकै प्रभाव पारिरहेको छ।
कोरोनाका कारण तीजका गीत अघिल्लो वर्षको तुलनामा थोरै र केही समय ढिला बजारमा आएका छन्। यहि क्रममा चर्चित लोक तथा दोहोरी गायिका राधिका हमाल पुनलगायत गायिकाहरुको युगल स्वरमा ‘माईतीको सम्झना’ बोलको मौलिक गीत बजारमा आएको छ।
सञ्चारकर्मी धनराज वास्तविकको संगित तथा शब्दमा रहेको गीतमा राधिका हमालसँगै शोभा थापा, निरुता खत्री र विद्या तिमिल्सिनाको स्वर रहेको छ। अर्जुन बिसीको निर्देशन रहेको गीतको म्युजिक भिडियोका दृश्यहरु रवीन्द्र श्रेष्ठले क्यामेरामा कैद गरेका हुन्।
‘आजकालको लभ’ नामक सिरियलकी कलाकार तथा मोडेल कञ्चन खड्काका साथै कलाकार स्टेला बिसी, विमल ज्ञवाली र सुमी तिमिल्सिनाको अभिनय रहेको छ।
साभार: रेडियो एनआर एन