काठमाडौँ। लोकप्रिय गायिका करिश्मा घर्ती मगरको स्वरमा ‘जाले रुमाल’ बोलको गीत बजारमा आएको छ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान, नेपालका केन्द्रीय अध्यक्ष रमेश बीजीको शब्द तथा गायिका मगरको लय रहेको गीत रंग दर्पणको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो।
गीतको म्युजिक भिडियोमा पार्वती राईको दमदार नृत्य रहेको छ। शिव बिकले निर्देशन गरेको गीतका दृश्य शुम्भु चालिसेले क्यामेरामा कैद गरेका हुन्।