नेपाली सेना र नेपाल प्रहरीसहित ३४ जनामा कोरोना पुष्टि


पर्सा। वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना,नेपाल प्रहरी सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिएअनुसार संक्रमित हुनेहरुमा २ वर्षकी बालिका देखि ६५ वर्षका पुरुष रहेका छन्। यसमध्ये ५ जना बालबालिका र २४ जना पुरुषहरु छन्।

कोरोना संक्रमण पुष्टि हुनेमा डाक्टर, नेपाली सेना, नेपाल प्रहरी, कन्ट्याक्ट ट्रेसिङमा परेका, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका पनि रहेका छन्।

कोरोना संक्रमित पुष्टि हुनेमा ३३ वर्षका १ जना नेपाली सेना, २७ वर्षका १ जना र ३६ वर्षका २ जना नेपाल प्रहरी, २२ र ४२ वर्षका २ जना वीरगन्ज कारागरका कर्मचारी, २५ वर्ष देखि ६५ वर्षसम्मका ६ जना वीरगन्ज कारागरमा रहेका कैदीबन्दी रहेको डा। उदय नारायण सिंहले बताए।

त्यसैगरी १ जना नारायणी अस्पतालका डाक्टर रहेका छन् भने वीरगन्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरका १ जना वडा नम्बर १५ भिस्वाका ८ जना वडा नम्बर १० का २ जना वडा नम्बर ३२ का १ जना वडा नम्बर ५ का ३ जना वडा नम्बर २५ का ३ जना वडा नम्बर ९ र १२ का १/१ जना रहेका छन्।

पर्सा जिल्ला हरैया वडा नम्बर १ का ४० वर्षकी एक महिला रहेको डाक्टर सिंहले जानकारी दिए । साउन ८ गते देखि १२ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा ३४ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा। सिंहले जानकारी दिए।

संक्रमितहरुलाई हाल नारायणी अस्पताल अस्थायी विषेश करोना अस्पताल गण्डकको आइसोलेसन वार्ड ६१ जना संक्रमितहरुले भरिएका कारण ७६ जनालाई घरमै राखिएको छ। बुधबार बिहान ३४ जना संक्रमण पुष्टि भएसंगै पर्सा जिल्लामा ३ सय ६ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरिक्षक जयमोद ठाकुरले जानकारी दिए।