पलाँता गापाद्वारा चार सय ३१ जना कर्मचारी पुनर्वहाली



file photo

कालिकोट। जिल्लाको पलाँता गाउँपालिकामा करार सम्झौतालाई आधार मानेर वर्खास्त गरिएका कर्मचारीहरुलाई पुनर्वहाली गरिएको छ।

गापा अध्यक्ष लक्ष्मण बम (पलाँती कान्छा) का अनुसार विभिन्न क्षेत्रका गरी कुल चार सय ३१ जना कर्मचारीलाई गापा कार्यपालिकाबाट निरन्तरता दिने निर्णय भएको छ। जसमा शिक्षा तर्फ सबैभन्दा धेरै ६७ जना, स्वास्थ्यम ३१ जना, विद्युतमा१४, रेडियोमा ९ जना, कृषिमा ४ जना, भेटेरेनरि ३ जना, वडा साहेक ९ जना, बडा सहयोगी ९ जना, पलाँता निर्माण कार्यदल शाखामा २, शिक्षा शाखामा १ जना, स्वास्थ्य शाखामा १ जना, कम्प्युटर अप्रेटर १ जना, आईटि अफिसर १, खेल शाखा २ जना, महिला शसक्तिकरण १४ जना रहेका छन्।

त्यस्तै किशोरी शसक्तिकरणमा ५ जना, पन्जिकरण ४ जना, गापा चौकिदार १, गापा शाखा र कार्यालय कास ७ जना, अस्पतालमा २० जना, सिभिल प्राविधिकमा ८ जना, यातायातमा ६ जना रहेका छन्। यि मध्ये दुई सय ३१ प्रचलित नियमानुसारको तलब खानेछन्, भने निर्माण कार्यदलका एक सय ५० जना पहिलेका र नयाँ ५० जना क्वानटीटी बेसको रोजगार भक्ता प्राप्त गर्ने छन्।

यसै सन्दर्भमा गापा अध्यक्ष बमले सामाजिक सञ्जाल मार्फत खोसिएको खुशी फर्किएकोमा खुशी व्यक्त गरेका छन्। नेकपाको आन्तरिक विवाद र अन्य प्राविधिक कारणले यहि साउन १ गतेदेखि गापाले रोजगार दिएका कर्मचारीहरुलाई अवकास दिइएको थियो। अध्यक्ष बमले लेखेका छन्, ‘खुशी फेरी फर्कियो। चार सय ३१ जना कर्मचारीलाई कार्यपालिकाबाट निरन्तरता दिने निर्णय भएको छ।’