कालिकोट। तीन दिनदेखिको अविरल बर्षाको कारण जिल्लाका विभिन्नस्थानमा ठूलो जनधनको क्षती पुुुर्याएको छ।
नरहरिनाथ गाउँपालिका वडा न. ५ मा सिंहबहादुर बुढाको घर पहिरोले बगाउँदा ७ जना परिवार पहिरोमा पनि बेपत्ता भएका छन्।
त्यस्तै वडा न. ४ मा २ जना बेपत्ता भएका छन्। अस्तिदेखि परेको पानीले हिजो मात्र कालिकोटको राष्कोट न.पामा पहिरोले घर बनाउदा एकै परिवारका ५ जना बेपत्ता भएका थिए। गत आइतबार गापाको वडा नम्बर ८ मा पहिरोमा परि एक जना बेपत्ता भएका थिए।
स्थानीय सरकार, नेपाल प्रहरी लगायतका सुरक्षा निकाय उद्दारमा जुटेका छन्।