कोरोनाबाट विश्वमा ६ लाख ५४ हजारको मृत्यु



काठमाडौँ। कोरोनाभाइरसको सङ्क्रमण विश्वभरि फैलिरहेको छ। विश्व स्वास्थ्य सङ्गठनले यसलाई विश्वव्यापी महामारीको सङ्ज्ञा दिएको छ।

चीनबाट सुरु भएको कोभिड १९ अर्थात् नयाँ कोरोनाभाइरस सङ्क्रमणबाट हुने रोग नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अवलम्बन गरेका छन्।

तर उक्त सङ्क्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन। जोन्स हप्किन्स विश्वविद्यालय (बाल्टिमोर, अमेरिका) का अनुसार कोरोनाबाट १६,४५७,९२२ सङ्क्रमित बनेका छन् भने ६५४,३०९ को मृत्यु भएको छ।