राप्रपा परित्याग गरेका सुनिल थापा कांग्रेसमा प्रवेश



काठमाडौँ। राप्रपा परित्याग गरेका पूर्वमन्त्री सुनील थापालगायत नेताहरुले कांग्रेस प्रवेश गरेका छन्।

कांग्रेस पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुले थापासहितका नेताहरुलाई स्वागत गरेका छन्।

राप्रपाको कार्यशैली र कार्यदिशाप्रति असन्तुष्टि जनाउँदै थापालगायतका नेताहरुले काग्रेस प्रवेश गरेका हुन्। कांग्रेसले थापालाई सहमहामन्त्री बनाइने बताइएको छ। यस्तै अन्य ५ नेताले केन्द्रीय सदस्य पाउनेछन्।

पार्टी प्रवेश गर्नेमा थापासहित रामकृण भट्टराई , विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वक्रमा, रामपदारत शाहा, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, नरायणा राउत, ईन्द्रबहनदुर तामाङलगायत रहेका छन्।