कालिकोटमा पहिरोमा परी ६ जना बेपत्ता



कालिकोट। जिल्लाको रास्कोट नगरपालिका वडा नम्बर १ को बडलतोलामा बाढी र पहिरोमा परी ६ जना बेपता भएका छन।

रास्कोट १, बडलतोलामा गंगे खहरे खोलामा सोमबार राति आएको बाढीले राजबहादुर शाहीको घर बगाउँदा उनीसहित पाँचजना बेपता भएको पह्ररीले जनाकाएको छ।

बेपत्ता हुनेमा राजबहादुरकी १५ वर्षीया छोरी संगीता शाही, १२ वर्षीया कौशा शाही, ८ वर्षीय छोरा नवीन शाही र १५ वर्षीया साली अस्मिता रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिएका छन्।

साथै, सोही वडाको चोक्टेबगरमा टेके टमाटाको घर पहिरोले पुरिँदा पाहुँना आएकी १४ वर्षीया बेलपुरा शाही बेपत्ता भएको प्रहरीले जनाएको छ। प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेका छन्।

त्यस्तै यसअघि जिल्लाको नरहरिनाथ गाउँपालिका–८ खुलालुमा पहिरोले पुरिएर एक जना वेपत्ता भएका थिए। आइतबार बेलुका निर्माधिन सडकमा हिडिरहेका नरहरिनाथ गाउँपालिका–८ का १६ वर्षिया पारस भण्डारा पहिरोमा परेर वेपत्ता भएका हुन्। उनको शव अझैंसम्म पनि फेला परेको छैन्।