‘नेकपा फुटको नजिक, रोकिऔंं र सल्लाह गरौं’



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पर्यटनमन्त्री योगेश भट्टराईले पार्टी दुर्घटना दुर्घटना उन्मुख रहेको बताएका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक स्थगित गर्दागर्दै इतर समूहले बैठकलाई निरन्तरता दिएपछि भट्टराईले यस्तो बताएका हुन्। ‘दुर्घटना नजिक देखिन्छ। सबै रोकिऔँ। सल्लाह गरौं’ भट्टराईले ट्वीटरमार्फत भनेका छन्।

नेकपाभित्र विवाद उग्र बन्दा ओली इतर समूहले स्थायी समिति बैठकलाई निरन्तरता दिएको छ। बिहान प्रधानमन्त्री ओलीले बैठक स्थगित गरेको भएपनि त्यसलाई अस्वीकार गर्दै प्रचण्ड-नेपाल समूहले बैठकलाई निरन्तरता दिएको हो।