काठमाडौँ। अन्ततः त्रिविको शिक्षाशास्त्र संकायले आगामी असोजको पहिलो हप्तादेखि परिक्षा सञ्चालन गर्ने भएको छ।
संकायले सोमबार एक विज्ञप्ति जारी गरेर गत चैतमा स्थगित परिक्षाहरु आगामी असोजको पहिलो हप्तादेखि सञ्चालन गर्ने सूचना निकालेको छ।
सरकारले भदौ १ देखि सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने भएपछि त्रिविले यसअघि भदौको दोस्रो हप्तादेखि स्थगित परिक्षाहरु सञ्चालन गर्ने भनेर सूचना निकालेको थियो।
तर, शिक्षाशास्त्र संकाय र पूर्वाञ्चल विश्वविद्यालयले स्नातकोत्तर तहका परिक्षा असोजमा सारेका छन्। अन्य संकायले भने यो समाचार तयार पार्दाको समयसम्म सूचना जारी गरेका छैनन्।