काठमाडौँ। कोरोना भाइरसको त्रासका कारण मठ मन्दिरहरु नखुलेपछि भक्तजनहरु बाहिरबाटै दर्शन तथा पूजाआजा गर्न बाध्य बनेका छन्।
गत चैत ११ गतेदेखि सरकारले जारी गरेको लकडाउनका कारण देशका ठूला मठमन्दीरहरु खुलेका छैनन्। साथै भक्तजनहरुले बाहिरबाटै पूजाआज गरिरहेका दृश्यहरु देख्न सकिन्छ।
आज साउन महिनाको दोस्रो सोमबार। अघिल्ला वर्षहरुमा आजको दिन पुशपतिक्षेत्र निक्कै व्यवस्त देखिन्थ्यो। तर, यसपाली भने सुनसान प्रायः देखियो। पशुपति पुगेकै भक्तजनहरुले पनि मुख्य मन्दिरसम्म जान पाएनन्।
कोरोनाका कारण दर्शनभेट तथा पूजाआजका कार्य बन्द गरिएका कारण भक्तजनहरुले बाहिरबाटै पूजाआजा गरेका थिए। सरकारकाे निर्देशनपछि मात्रै खोलिने पशुपति विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडा बताउछन्।
उनले भने, ‘सरकारको निर्देशन कुरेर बसेका छौं। सरकारको निर्देशन आएपछि मन्दीर खुल्ला हुन्छ। त्यो पनि विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको नियमलाई पालना गरेर मात्रै मन्दीर प्रवेश खुल्ला गरिने छ।’
तस्बिर: मुकुन्द कालिकाेटे