तस्बिर: मुकुन्द कालिकोटे
काठमाडौँ। प्रतिनिधिसभाको कानून न्याय तथा मानवअधिकार समितिले चितवन र बर्दिया राष्ट्रिय निकुञ्ज वरिपरिका बासिन्दाहरुको बैकल्पिक व्यवस्था नभएसम्म टहरा नहटाउन बन मन्त्रालयलाई निर्देशन दिएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कि प्रतिनिधि सभा सांसद विमला विकका अनुसार आइतबार बसेको समितिको बैठकले सम्बिन्धित क्षेत्रका बासिन्दाहरुको लागि बैकल्पिक व्यवस्था नभएसम्म हटराहरु हटाउने, बिना कारण दु:ख दिने जस्ता कार्यहरु अमानवीय र मानवताविरुद्धको अपराध भएको भन्दै उक्त निर्देशन दिएको हो।
बर्दिया राष्ट्रिय निकुञ्जले जिल्लाको ठाकुरद्वारा, आम्बासालगाएतको छेउछाउमा बस्ने जनताले सास्ति खेप्दै आएको भन्दै सांसद बिकले समस्या समाधानकाे पहलका लागि समितिमा आवाज उठाउँदै आएकी थिइन।
निकुञ्ज आसपासका मुक्तकमैयाका दु: ख, पीडा र समस्याका बारेमा सांसद विकले समितिकाे आइतबारको बैठकमा जोडदार रुपले कुराहरु राखेकी थिइन्। सांसद विक बर्दियाली जनताका समस्याका बारेमा निरन्तर रुपमा सडकदेखि सदनसम्म कुरा राख्दै आएकी छन्।