तस्बिर: कर्णाली प्रदेशका गृहमन्त्री नरेश भण्डारीको फेशबकबाट।
काठमाडौँ। संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्रीबीच भेटवार्ता भएको छ।
गृहमन्त्री थापाको प्रमुख आतित्थ्यता र प्रदेशका गृहमन्त्रीहरूको उपस्थितिमा प्रहरी समायोजन र शान्ति सुरक्षाका विषय विषयमा प्रारम्भिक बैठक सम्पन्न भएको हो।
प्रहरी समायोजन र शान्ति सुरक्षा कसरी सुदृढ गर्ने, विपत्तिसँग कसरी समना गर्ने ? लगायतका विषयहरुमा छलफल भएको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।