काठमाडौँ। अनेरास्ववियूको केन्द्रीय टोलीले यहि साउन ८ गते साँझ राजधानीको सीतापाइलामा एसिड आक्रमणबाट घाइते बनेकी ओखलढुङ्गाकी २२ वर्षीया युवती पवित्रा कार्कीलाई अस्पताल पुगेर भेटेको छ।
कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीलाई भेटेर अपराधीलाई हदैसम्मको कार्वाहीको माग गरिएको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए। तामाङले एसिड प्रहार गर्ने अपराधीलाई ऐन संशोधन गरेर हदैसम्मको कार्वाही गर्नुपर्ने बताए।
आज पीडित युवतीलाई भेट्न तामाङ सहित अनेरास्ववियूका नेताहरु सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी, सुदेश पराजुली र मेघनाथ चापागाईं कीर्तिपुर अस्पताल पुगेका थिए। पीडितलाई रु १० हजार नगद राहतसमेत प्रदान गरेको अनेरास्ववियू नेता सुरेन्द्र बस्नेतले कर्णाली सन्देशलाई जानकारी दिएका छन्।